राजनिति घटनाक्रमको तत्काल समिक्षा गर्न काँग्रेस बैठकको साँसद गौतमद्धारा माग



काठमाडौ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा साँसद प्रतिमा गौतमले बदलिदो राजनिति परिबेशमा काँग्रेस भित्र व्यापक समिक्षा हुन जरुरी भएकोृ बताउनु भएको छ । उहाँले केन्द्रिय समितिको बैठक राखि समिक्षा गर्नुपर्ने बताउनुभएको छ । सामाजिक संजाल मार्फत सदस्य गौतमले आफु बिगतमा पनि गठबन्धन पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन जोगाउन नसम्नुको कारण खोज्नुभएको छ । उहाँले भन्नुभएको छ” गठबन्धन गरेर जाने कुरा पनि उचित थिएन बोलेकै हौं गठबंधन जोगाउन नसक्नु पनि गलत नै हो।”
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हुँदाहुँदै एकाएक प्रतिपक्षमा बस्नु परेपछि उहाँले जिम्मेवार प्रतिपक्षका रुपमा देशव्यापी रुपमा परिचालन भएर अगाडी बढनुपर्ने समेत सुझाव दिनुभएको छ । काँग्रेसको नेतृत्व तहलाई कांग्रेसका नेता–कार्यकर्ताहरुमा देखिएको चिन्तालाई तत्काल सम्बोधन गर्न समेत उहाँले आग्रह गर्नुभएइको छ ।

प्रकाशित: ११ पुष २०७९, सोमबार ११:१०