माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने



काठमाडौं। नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन्।

पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने नेता हरिबोल गजुरेलले बताए।

श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने गजुरेलको भनाई छ । श्रेष्ठ हाल राष्ट्रिय सभाका सदस्य रहेका छन् । श्रेष्ठले यसअघि परराष्ट्र मन्त्रालय सम्हालिसकेका छन् ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज नै सानो आकारको मन्त्रिमण्डल बनाउने प्रचण्डको तयारी छ । मन्त्रालयको विषयमा टुङ्गो लगाउन शपथ अघि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

प्रकाशित: ११ पुष २०७९, सोमबार ११:२९