उपप्रधानमन्त्रीसहित रवि सरकारमा जाने तयारी



काठमाडौ । पहिलोपटक चुनाव लडेर चौंथो शक्तिको रुपमा स्थापित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी बन्ने मनस्थितिमा देखिएको छ । पार्टी स्रोतका अनुसार आफूहरुले उठाएका आधारभूत एजेन्डामा समझदारी र पदीय मिलान सन्तोषजनक भए सभापति रवि लामिछाने स्वयम् सरकारमा जाने छन् । रविले उपप्रधानमन्त्री सहित जनतासँग जोडिने महत्वपूर्ण मन्त्रालयको दावी गर्ने स्रोतको भनाइ छ ।

‘उहाँले जनतासँग प्रत्यक्ष जोडिने र कामकाजी मन्त्रालयमा जान चाहनु भएको छ, अहिले हुने गठवन्धन वैठकमा त्यही कुरा राख्नुहुन्छ,’ स्रोतले भन्यो । हिजो ओलीसँग बालकोटमा भएको वैठकमा लामिछानेले आफ्नो मुख्य एजेन्डाहरु सहित मन्त्रालय बाँडफाँडको विषयमा छलफल गर्न चाहेका थिए ।

तर, समयको चापले गर्दा त्यो सम्भव भएन । पाँच मिनेटजति रविले ओलीसँग छलफल गरेपश्चात प्रचण्ड बालकोट आइपुगे । त्यसपछि विभिन्न पार्टीहरुको संयुक्त वैठकमा रवि सहभागी भएका थिए । स्रोतका अनुसार रविलाई उपप्रधानमन्त्री बनाउने विषयमा ओली–प्रचण्ड सकारात्मक छन् ।

प्रकाशित: ११ पुष २०७९, सोमबार ११:३०