काठमाडौं। सरकारमा मन्त्री पठाउने विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीको छलफल चलिरहेको छ।
पार्टी कार्यालयमा चलिरहेको बैठकमा गैरसांसदलाई पनि मन्त्रीमा पठाउने छलफल भइरहेको छ।
जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार जनमतले कुन मन्त्रालय र कतिवटा मन्त्रालय पाउने तय भएको छैन। पार्टीको भागमा कुन मन्त्रालय पर्छ त्यसैको आधारमा मन्त्री चयन गर्ने तयारी छ।
बैठकमा तीन विकल्पमा छलफल चलिरहेको छ। पहिलो जनमत पार्टीका अध्यक्ष राउत आफै पनि मन्त्री बन्ने, दोस्रो मन्त्रालय पाएको आधारमा त्यस क्षेत्रको विज्ञलाई पनि मन्त्री बनाउने नभए पार्टीको अन्य कुनै सांसद वा गैरसांसदलाई पनि मन्त्री बनाउने।
जनमत पार्टीले दुइटा मन्त्रालयको माग गरेका छ। जनमतको चाहना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालय रहेको छ।
प्रकाशित: ११ पुष २०७९, सोमबार ११:४९