३५ तोला सुन र २५ लाखसहित बुटवलका डिएसपी ठगबहादुर केसी नियन्त्रणमा



काठमाडौं। इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ। ‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आईजीपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी नेतृत्वको टिमलाई बुटवल पठाएका छन्।

आइतबार साँझ ब्युरोको टोलीले उनलाई आन्तरिक नियन्त्रणमा राखेर सोधपुछ गरेको थियो। छानबिनका लागि डिएसपी नेतृत्वको टोली बुटवल पठाएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी उत्तम राज सुवेदीले बताए । उनले भने–‘प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ, त्यसबारे छानबिन भइरहेको छ ।’

पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् । उनीबिरुद्ध प्रहरी प्रधान कार्यालयमा ‘घुस’ बार्गेनिङ गरेको उजुरी परेको छ।

Tags :

प्रकाशित: ११ पुष २०७९, सोमबार १२:०१