राप्रपा र नागरिक उन्मुक्तिको समर्थन मात्रै हुने, सरकारमा नजाने



काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका लागि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको पदाधिकारी बैठकमा तत्काल सरकारमा सहभागी नहुने भनेर राप्रपा र नागरिक उन्मुक्ति पार्टीले खबर पठाएको ब्रिफिङ गरेका थिए।

राप्रपाले सरकार बनाउन समर्थन गरेका छौँ, हाम्रा एजेण्डा पनि सरकारमै गइहाल्ने छैनन्,’ प्रचण्डले ब्रिफिङमा भने, ‘नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरीलाई रिहाइ नहुन्जेसम्म सरकारमा सामेल नहुने जानकारी केही समय सहभागी नहुने जानकारी आएको छ।’

बैठकमा प्रचण्डले राजनीतिक स्थीरताका लागि नयाँ गठबन्धन बनेपनि सबै दलहरुलाई मिलाएर अघि बढ्नुपर्ने जिम्मेवारी आफ्नो भएको बताएका थिए।

‘सबै दलहरुबाट राजनीतिक स्थीरताका लागि तपाईँले नेतृत्व गर्नुपर्छ भन्ने सुझाव पाएकै थिए, सरकार निर्माणमा समर्थन गर्ने दलहरुको संख्या हेर्दा त्यो पुष्टि भयो,’ प्रचण्डको भनाई उधृत गर्दै सचिव दिनानाथ शर्माले भने,‘नयाँ आशा पनि छ, त्यो भन्दा बढी चुनौति छ, यसको उचित समाधान गर्दै देशलाई निकास दिनुपर्छ।’

सरकारलाई समर्थन गर्ने अन्य दल भने सरकारमा सामेल हुने छन्।

प्रकाशित: ११ पुष २०७९, सोमबार १३:२९