एमालेबाट विष्णु पौडेलसहित चार मन्त्री सिफारिस



काठमाडौं। नेकपा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका हुन्।
पौडेलबाहेक एमालेले थप ३ जना मन्त्रीको नाम पनि टुङ्ग्याएको छ । राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी मन्त्रीका लागि सिफारिस भएका हुन् । तर आज चार पार्टीबाट एक एक जना मन्त्री मात्रै समावेश गर्ने भएकाले उनीहरूको सपथ नहुन सक्छ ।

आज सपथ लिनेमा एमालेका पौडेलसहित माओवादीका नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र जनमतका अब्दुल खानको मात्रै सपथ हुने सम्भावना रहेको छ । श्रेष्ठले परराष्ट्र र लामिछानेले गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको छ भने खानले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउने छन्।

Tags :

प्रकाशित: ११ पुष २०७९, सोमबार १५:२८