काठमाडौं। निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने जानकारी गराएका थिए । तर कांग्रेस नेताहरुको सल्लाह र सुझाव पछि सभापति देउवा गएका हुन ।
सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका थिए । सो वार्तामा प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गरेका थिए।
देउवाले भने यसअघि पनि आउटगोइङ प्रधानमन्त्री शपथग्रहणमा नआएको नजिर दिँदै नआउने बताएका थिए।
प्रकाशित: ११ पुष २०७९, सोमबार १५:५८