काठमाडौं। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ असार २९ गते शपथ लिएका थिए। शितल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा केपी ओली भने सहभागी भएनन्।
ओलीलाई देउवाले विस्थापित गरेका थिए। सर्वोच्च अदालतले २०७८ असार २८ गते देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। आकस्मिक रूपमा सत्ता छोड्न परेकोमा आक्रोशित बनेका ओली शितल निवास नगएका हुन्।
सामान्यत, आउँदै गरेको प्रधानमन्त्रीलाई जाँदै गरेको प्रधानमन्त्रीले आफ्नो कुर्सी छोड्ने गरिन्छ।
२०६६ जेठमा सालमा माधव नेपालले सपथ लिँदा समेत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिएनन्।
२०६६ वैशाखमा प्रधानसेनापति प्रकरणमा राजीनामा दिएका प्रचण्ड शितल निवास गएका थिएनन्।
प्रचण्डले लामो समयसम्म नेपाल नेतृत्व सरकारलाई स्वीकारेका थिएनन्।
प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादीले नेपालको राजीनामा मागेर आन्दोलन समेत गरेको थियो।
आज प्रचण्ड प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा भने देउवा सहभागी बने। प्रचनण्डको शपथ ग्रहण सकिएलगत्तै बधाई दिएर देउवा शीतल निवासबाट बाहिरिए।
प्रकाशित: ११ पुष २०७९, सोमबार १६:५३