प्रचण्डप्रति मलाई निराशा र आक्रोश केही छैन  : डा रिजाल



काठमाडौ । नेपिाली कांग्रेस युवानेता डा मीनेन्द्र रिजाल गठबन्धन छाडेर प्रचण्ड एमालेसहितको गठबन्धनमा जानु चुनावअगाडिकै गठबन्धनको परिणाम भएको बताउनुभएको छ । सञ्चारकर्मीसंग उहाँले भन्नु भो
‘बहुसंख्यक कांग्रेसलाई आज प्रचण्डप्रति निराशा छ, आक्रोश पनि छ । मलाई निराशा र आक्रोश केही छैन । अघिल्लोपल्ट पनि निर्वाचनअघि सरकार गठनका लागि गठबन्धन निर्माण गर्नुभयो । त्यो एक कालखण्डसम्म सफल पनि बन्यो । यसपटक पनि हामीले निर्वाचनअगाडि सत्ता निर्माण गर्‍यौँ । त्यो जनमतबाट होइन, काठमाडौंको कोठामा बसेर सत्ता निर्माण गर्ने अभ्यास गर्‍यौँ । त्यसको परिणाम जे पनि आउन सक्थ्यो । यो जोसँग मिले पनि हुने बाटो हामीले खोल्यौँ । अर्कालाई किन दोष दिने ?’

डा रिजालले यो घटना कांग्रेसका लागि समीक्षाको विषय हुनुपर्ने बताउनुभयो ‘कांग्रेसमा पुराना र नयाँ नेता अहिले नै प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्थ्यो । सबैले सत्ता चाहियो भनेर हिँड्नुभएको थियो । यसले पुराना नेतालाई एकपटक ठन्डा दिमागले पार्टी निर्माणमा कहाँ चुक्यौँ भन्ने सोच्ने बाटो मिलेको छ भने नयाँ नेतालाई पार्टी निर्माण नगरी प्रधानमन्त्री बनिँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ भन्ने सिकाएको छ,’ डा रिजालले थप्नु भो , ‘कांग्रेसलाई यो अवसरको रूपमा साबित हुनेछ भन्ने मलाई लागेको छ । यो चुनौती सामना गर्ने गरी कांग्रेसमा नेतृत्व गर्छु भन्ने महत्वाकांक्षा राख्ने सबैले संकल्प लिएर हिँड्नुभयो भने यो सानो घटना मात्र हुनेछ । यो घटनाले कांग्रेसको इतिहासलाई खासै बढी प्रभावित गर्दैन । कांग्रेस अझै बलियो भएर नेपालको लोकतान्त्रिक राजनीतिमा अगाडि बढ्छ ।’

प्रकाशित: १२ पुष २०७९, मंगलवार ०५:३७