महान्यायाधिवक्तामा दिनमणि पोखरेललाई नियुक्त



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेललाई नियुक्त गरेका छन्।

माओवादी निकट कानुन व्यावसायी पोखरेल यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराका कानुनी सल्लाहकार थिए।

प्यूठान निवासी पोखरेल झिमरुक गाउँपालिका-४ चुदाराका स्थायी बासिन्दा हुन्। उनी माओवादीका निकट कानुन व्यवासायी संघका अध्यक्षसमेत हुन्।

माओवादीसँग नजिक भएर पनि लाभको पद नपाएका पोखरेललाई महान्यायाधिवक्तको जिम्मेवारी दिइएकाे हाे। नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ।

पोखरेल यसअघि नेपाल बारेको अध्यक्ष पदमा पराजित भएका थिए।

Tags :

प्रकाशित: १२ पुष २०७९, मंगलवार १३:३२