कांग्रेस सांसद टेकबहादुर गुरुङ संसद बैठकमा सहभागी हुन नपाउने



काठमाडौं। भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन्।

मनाङबाट निर्वाचित सांसद गुरुङ पुस ८ गतेदेखि स्वतः निलम्बन भएको संसद सचिवालयले जनाएको छ। उनले पुस ७ गते सांसदको हैसियतमा शपथग्रहण गरेका थिए।

गुरुङको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै उक्त मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि स्वतः निलम्बनमा रहने कानूनी व्यवस्थाअनुसार उनी निलम्बनमा परेको संघीय संसद सचिवालयले जनाएको छ ।

अख्तियारले विशेष अदालतमा मुद्दा विचाराधीन भएकोले अख्तियारले निलम्बन गर्न लेखी पठाएअनुसार उनी स्वत: निलम्बन भएको महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

उनले एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गरेका थिए । निर्वाचित गुरुङले २ हजार ५७५ मत प्राप्त गर्दा गुरुङले २ हजार २४७ मत प्राप्त गरेका थिए।

Tags :

प्रकाशित: १२ पुष २०७९, मंगलवार १७:११