गृहमन्त्री भएपछि ओली भेट्न बालकोट पुगेका रविले के पाए आशिर्वाद?



काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछाने मंगलबार ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

भेटमा समसायिक विषयमा छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटमा गृहमन्त्री लामिछानेसँगै अर्का उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि सहभागि थिए।

भेटका क्रममा ओलीले लामिछानेलाई उपप्रधान एवम् गृहमन्त्री नियुक्त भएकामा बधाई दिनुका साथै राम्रो काम गर्न शुभकामना दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदमा २० सिट रहेको छ। लामिछानेमात्रै मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ। तर, प्रधानमन्त्री प्रचण्ड तीन मन्त्रालय मात्र दिन सकिने अडानमा छन्।

Tags :

प्रकाशित: १३ पुष २०७९, बुधबार ०७:४५