सरकारमा सहभागी गराउने विषयमा प्रचण्डले थाले नेकपा एस र जसपासँग सम्बाद



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी गराउने विषयमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन्।

नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। अहिले खुमलटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता जारी रहेको छ।

यी दुई दललाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गर्ने तयारी प्रचण्डको छ। चुनावसम्मको साझेदार दल नेकपा एसलाई बीचमै छोडेर प्रचण्ड एमालेसहितका दलहरूको समर्थमा प्रधानमन्त्री बनेका छन्।

प्रकाशित: १३ पुष २०७९, बुधबार १०:०४