सरकारमा जाने नजाने बारेमा सुझाव लिन समाजवादीको बैठक



काठमाडौं। सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन्।

पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन्।

प्रकाशित: १३ पुष २०७९, बुधबार १५:३४