काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
सांसद प्रदीप यादवकाअनुसार संसदीय दलको नेता चयनका लागि यादवको एकल मनोनयन दर्ता भएको छ । योसँगै संसदीय दलको नेतामा उनी निर्विरोध चयन भएका हुन् ।
यादव निर्विरोध भएको घोषणा निर्वाचन समितिले भने गरेको छैन।
यादव बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् ।
यसअघि संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राई, राजकिशोर यादव, नवलकिशोर साहलगायतले दाबी गर्दै आएका थिए।
प्रकाशित: १३ पुष २०७९, बुधबार १६:०३