राप्रपाले गर्यो सरकारमा जाने निर्णय



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको थियो। तर, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले जानकारी दिए।

बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा पनि छलफल भएको बताइएको छ।

Tags :

प्रकाशित: १३ पुष २०७९, बुधबार १६:२२