काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन्।
दलकाे नेता चुन्न भएकाे निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे।
निर्वाचनमा केन्द्रीय सदस्य बहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा थिए । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन्
प्रकाशित: १३ पुष २०७९, बुधबार १६:३१