ज्योतिषीले दिएको साइत अनुसार बालुवाटारको चाबी प्रचण्ड पुत्रीले बुझिन



काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन्।

उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन्।

ज्याेतिषी टिकाराम घिमिरेले जुराएकाे साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलाेगरी प्रवेश गरेका थिए।
सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ।

प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको एक अधिकारीले जानकारी दिए।

प्रकाशित: १३ पुष २०७९, बुधबार १९:३३