काठमाडौंको तापक्रम ४ डिग्री भन्दा तल, केहि हिमाली क्षेत्रमा हिउँ पर्ने



काठमाडौं। आज विहीबार पनि काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस भन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ।

पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार ०८:४१