पेलेको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं। ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ।

उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ। उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन्। तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुबाट ग्रसित छन्।

प्रकाशित: १४ पुष २०७९, बिहीबार ०९:१३