राप्रपाले सांसदहरुबाट कति उठाउँदै छ लेवी?



काठमाडौं। राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ। प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो।

प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन्।

Tags :

प्रकाशित: १४ पुष २०७९, बिहीबार ११:२२