एमाले बागमतीको नेतामा थपलिया चयन



हेटौंडा। नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत रुपमा चयन भएका छन्।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले चितवनका थपलियालाई संसदीय दलको नेतामा चयन गरेको हो।

उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकारसमेत थिए।
बागमती प्रदेशमा एमालेका २७ सांसद छन् ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार १४:११