प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै, नाम ‘आम जनता पार्टी’



काठमाडौं। रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन्। साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन्।

उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो।

सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ।

प्रकाशित: १४ पुष २०७९, बिहीबार १५:००