सशस्त्र प्रहरीका ८५ कर्मचारी फर्किए



काठमाडौं। कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सशस्त्र प्रहरीका कर्मचारी धमाधम फिर्ता हुन थालेका छन्।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका सुरक्षा अधिकारीहरू फिर्ता भएका हुन्।

बलम्बुस्थित ९ नम्बर बाहिनी र हेडक्वार्टरबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एकजना अधिकृतले बताए।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले मापदण्डभन्दा विपरीत खटिएका सुरक्षाकर्मीहरू फिर्ता आउने क्रम जारी रहेको जानकारी दिए।

गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो।

 

Tags :

प्रकाशित: १४ पुष २०७९, बिहीबार १८:४९