काठमाडौं। अवैध असुली आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो। सिफारिसअनुसार उनलाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।
बुटवलका सुन व्यापारीसँग सुन नियन्त्रणमा लिई रकम माग गरेको सूचना पाएपछि प्रहरी अनुसन्धान टोलीले उनलाई आइतबार पक्राउ गरेको थियो। पक्राउको समयमा उनको निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगद भेटिएको थियो।
कास्कीमा सरूवा भएका केसी यही विषय मिलाउन उता हाजिर भएका थिएनन्। सोमबार उता जाने र आइतबार सो रकम व्यापारीसँग लिएको सूचनाका आधारमा प्रहरी अनुसन्धान टोलीले पक्राउ गरेको हो।
सम्बन्धित समाचार
डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस
३५ तोला सुन र २५ लाखसहित बुटवलका डिएसपी ठगबहादुर केसी नियन्त्रणमा
प्रकाशित: १४ पुष २०७९, बिहीबार १९:०२