प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता जारी



काठमाडौं। नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
अहिले पनि उनीहरुबीच भेटवार्ता जारी छ।

एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ सरकार गठनबारे छलफल तिव्र बनाएका छन्।

बिहीबार पनि बालुवाटारमा सत्ता साझेदार दलहरुबीच छलफल चलेको थियो। छलफलपछि ओलीको संयोजगत्वमा उच्चस्तरिय संयन्त्र बनाइएको छ।

मन्त्रालय भागवण्डा र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल जारी भएको हो।

प्रकाशित: १५ पुष २०७९, शुक्रबार १०:१५