तमु ल्होसारमा प्रधानमन्त्री (फोटो फिचर)



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन्।

शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिबद्धता जनाएका हुन्।         

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए।

‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्यान दिन यसैमञ्चबाट नेपाल प्रहरीलाई निर्देशित गर्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै यो तमु ल्होसारमा विगत सरकारले पनि सम्मान र सहानुभुतिस्वरुप आर्थिक सहयोग गर्दै आएको कुरा मलाई थाहा छ । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा बोलेको थिएँ तर मैले प्रधानमन्त्री छोडेपछि भएन भनेर मलाई सुनाउनुभयो, यो पटक अहिलेसम्म दिएको रकमभन्दा बढी रकम म आफै दिन्छु।’               

प्रकाशित: १५ पुष २०७९, शुक्रबार १८:१२