काठमाडौंको तापक्रम ४ डिग्री तल, देशभर कहाँ कस्तो छ मौसम



काठमाडौं। दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेसम्म जुम्लाको तापक्रम मात्र माइनसमा झरेको छ।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ दशमलव ७ अर्थात् –४.७ डिग्री सेल्सियस छ। सबैभन्दा बढी न्यूनतम तापक्रम सिमरा र बारामा समान ८.४ डिग्री सेल्सियस छ।

यसैबीच काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीबाट पनि तल झरेको छ। महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ।

आज कहाँको न्यूनतम तापक्रम कति? (नोट : अधिकतम तापक्रम भने हिजैको हो)                           

प्रकाशित: १६ पुष २०७९, शनिबार ११:२६