काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन्।
शनिवार सुरु भएको नेकपा एसको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै नयाँ समयमै विचार नगर्दा अप्रत्यासित घट्ना भएकोले गठबन्धन टुटेको भन्दै नेपालले नयाँ किसिमको चुनौति देखा परेको बताएका हुन्।
नेपालले नयाँ परिस्थितिको विश्लेषण गरेर पार्टी अघि बढ्नुपर्ने समयमै विचार नगर्दा स्थितिमा परिवर्तन भएको र अप्रत्याशित घटना भएको बताए। उनले केही व्यक्तिमा आएको सोचको समस्याले गर्दा सहज ढंगले जान नसकिएको बिताए।
२०७४ सालमा वामपन्थीलाई दिएको जनमतको पनि सदुपयोग गर्न नसकिएको भन्दै अब कसरी जाने भन्नेबारेमा बैठकले ठोस निर्णय गर्नुपर्ने बताए। यसअघि नेपालले दुई दिनसम्म जिल्ला र विभिन्न तहका नेताहरुसँग भर्चुअल बैठक गरेर सुझाव लिएका थिए।
अब पार्टीकाे अबको भूमिका के हुने भन्ने बारेमा बैठक केन्द्रित रहने महासचिव बेदुराम भुसालले जानकारी दिए।
सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन्।
जिल्ला तहबाट प्राप्त भएको सुझावबारे पनि बैठकमा छलफल हुने भुसालले बताए।
प्रकाशित: १६ पुष २०७९, शनिबार १२:२६