समृद्धिको लागि सामूहिक कार्य गर्न प्रधानमन्त्रीको आह्वान



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन्।

इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने भनाइ छ।

Tags :

प्रकाशित: १७ पुष २०७९, आईतवार १०:४३