सरकारमा सहभागीता बारे निर्णय गर्न नेकपा एसको स्थायी कमिटी बैठक सुरु



काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा औपचारिक निर्णय लिन पार्टीको बैठक शनिबारबाट जारी छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायत १८ जना नेताले आफ्नो धारणा राखेका थिए।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा आइतबारको बैठकमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

शनिबारको बैठकमा भनाई राख्नेमध्ये केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन्।

Tags :

प्रकाशित: १७ पुष २०७९, आईतवार १३:२५