काठमाडौं। लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए।
प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो।
शपथ ग्रहण समारोहमा लुम्बीनीका मुख्यमन्त्री कुलप्रसाद केसी, पूर्वमुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वसभामुख पूर्णबहादुर घर्ती सहभागी थिए।
प्रकाशित: १७ पुष २०७९, आईतवार १६:२६