राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको आग्रह



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा छलफल भएको बुझिएको छ।

आयोगका पदाधिकारीसँगको छलफल पछि प्रचण्डले बिभिन्न मन्त्रालयका सचिवहरूसँग सुशासनबारे छलफल गर्ने जनाइएको छ।

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए।                             

प्रकाशित: १८ पुष २०७९, सोमबार ११:२१