काठमाडौं। मजदुरी गर्न भारत गएका तीन नेपालीको कोठामा सुतिरहेको अवस्थामा निसासिएर मृत्यु भएको छ।
भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका-५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका १ गोप्काका तीन जनाको मृत्यु भएको हो।
कामका लागि भारतको मेरठमा रोजगारी गर्दै आएका आएका भुलको परिवार कोठामा कोइला (रेलमा प्रयोग हुने) बालेर सुतिरहेको अवस्थामा चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र दुई वर्षकी छोरीको मृत्यु भएको आफन्त गोपी भुलले जानकारी दिए।
बन्द कोठामा कोइला बालेर उनीहरू सुतिरहेका थिए। मृतकको घरमा दुई छोरी र एक छोरा छन्।
प्रकाशित: १८ पुष २०७९, सोमबार १३:२६