प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।

संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

नेपालको संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त भएपछि तीस दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्डले १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ।                 

प्रकाशित: १८ पुष २०७९, सोमबार १४:५७