काठमाडौं। गृह मन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न कडा कानुन बनाउने भएको छ।
यसअघिको कानुनले कारबाहीको दायरामा ल्याउन समस्या भएपछि कानुन नै संशोधनको तयारी थालिएको हो।
एक महिना पहिले कानुन संशोधनका लागि मस्यौदा तयार पार्ने जिम्मा पाएको थियो। मस्यौदा समितिको बैठक अहिले गृहमन्त्रालयमा बसिरहेको छ। मस्यौदालाई अन्तिम रुप दिने समितिको तयारी छ।
सरकारले मिटरब्याजबाट पीडितका उजुरी संकलन गर्ने अभियान नै चलाएको थियो। सरकारले आह्वान गरेपछि उजुरी दिए पनि पीडितलाई न्याय दिलाउन समस्या भएको भन्दै गृहले यस्तो तयारी थालेको थियो।
उजुरीपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। यसरी कतिपयका समस्या समाधान भएका थिए।
तर कतिपयलाई ठगी, आपराधिक लाभ र बैंकिङ कसुरमा कारबाही अगाडी बढाइएको थियो। यी कसुरमा पनि समेट्न नसकिनेको हकमा भने कुनै कारबाही अगाडी बढ्न सकेको छैन।
प्रकाशित: १८ पुष २०७९, सोमबार १५:४१