आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित



काठमाडाैं। आरआर क्याम्पसमा खुकुरी हान्ने तीन विद्यार्थी निष्कासित भएका छन्।

निष्कासित हुनेमा कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेकाे क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले जानकारी दिए।

पुस १३ गते स्ववियु निर्वाचनका विषयमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूबीच झडप भएकाे थियाे।

खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए।

निर्वाचनका विषयमा दुई समूहबीच भएकाे सामान्य विवादले उग्र रूप लिएपछि भएकाे खुकुरी प्रहार भएकाे हाे।

प्रकाशित: १९ पुष २०७९, मंगलवार ०८:५०