काठमाडौं। बिहानैबाट रोकिएको काठमाडौं रोयल्स र विराटनगर सुपर किंग्सबीचको खेल सुरु हुने भएको छ। पारिश्रमीक विवाद भएपछि खेलाडीहरुले टस गर्नै मानेका थिएनन्।
काठमाडौंले टस जितेर ब्याटिङ गर्ने भएको छ। लिगका ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्। आधा खेल सकिंदा पनि खेलाडीले पैसा नपाएपछि खेलाडीले मंगलबारको पहिलो खेलका लागि टसका लागि प्लेइङ लिष्टमा नाम नै टिपाउन मानेका थिएनन्।
त्यसपछि त्रिवि मैदानमा क्यानका पदाधिकारीहरुको बैठक बसेको थियो। बैठकपछि अहिले खेल सुरु हुन लागेको हो।
भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’का जतिन आलुवालिया सोमबार रातिबाट नै सम्पर्कविहीन भएपछि विवाद बढेको थियो।
अहिले साढे १० बजे टस र पौने ११ बजेबाट खेल सुरु हुने बताइएको छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार ११:१०