काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्किएका व्यक्तिहरूले ल्याएको मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेकोप्रति आपत्ति जनाएका छन्।
उनले अर्थ मन्त्रालयलाई नीतिगत समस्या भएपनि तत्काल समाधान गर्ने निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले भनेको छ-विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएका छन्।
उनले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउन निर्देशन दिएका छन् ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार १३:२२