टी २० लिग : काठमाडौं नाइट्स ३४ रनले विजयी



काठमाडौं। काठमाडौं नाइट्सले नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गरेको छ।

काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगर ८.५ ओभर खेल्दै ५९ रनमा अलआउट भयो।

विराटनगरका लागि गौतम शर्माले २२, विवेक यादवले १२ रन जोडे। नन्दन यादव ११ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

विराटनगरलाई कम स्कोरमा रोक्न कमल ऐरि एक्लैले ३ विकेट लिए। अनिल खरेल र सुनम गौतमले समान २ विकेट झारे। बसिर अहमद र अविनास बोहोराले एक एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रनको योगफल तयार पारेको हो।

खेलाडीको पारिश्रमिक विवादका कारण निर्धारित समयभन्दा २ घण्टा ढिला गरि खेल सुरु भएको थियो।

काठमाडौँका सन्दीप रजाली ३२ र कमल ऐरि १४ रनमा नटआउट रहे।

कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए। एलेक्स ब्लेक १३ रनमा पवेलियन फर्के।

विराटनगरका नन्दन यादव एक्लैले ३ विकेट लिए। हुसैन तलात र काइन जोसेपले एक विकेट लिए।

प्रकाशित: १९ पुष २०७९, मंगलवार १३:३१