सिस्टममा समस्या आएपछि राहादानी वितरण बन्द



काठमाडौं। राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएको प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन्।

विभागले सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने उनले बताइन्।

अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन पनि विभागले आग्रह गरेको छ। तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ।

प्रकाशित: १९ पुष २०७९, मंगलवार १६:००