काठमाडौं। नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने अधिकार शीर्ष नेतृत्वलाई दिएको छ ।
पार्टीको पोलिटब्युरो बैठक निष्कर्षमा पुग्न नसकेपछि नेतृत्वलाई जिम्मा दिने निर्णय गरेर सकिएको हो । सोमबार सुरु भएको बैठक मंगलबार सकिएको छ।
बैठकले सरकारमा सहभागिता बारे सम्पूर्ण निर्णय लिन केन्द्रीय सचिवालयलाई अधिकार दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
उनले भने, ‘सरकारमा सहभागी हुनेबारे केन्द्रीय सचिवालयले आवश्यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’
बैठकले अन्य दलसँग सहकार्य र मोर्चाबारे निर्णय गर्ने अधिकार पनि सचिवालयलाई नै दिएको खतिवडाले बताएका छन्।
प्रकाशित: १९ पुष २०७९, मंगलवार १७:४०