जसपाले सरकारमा सहभागी हुन राख्यो तीनवटा शर्त



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकले ३ वटा सर्त पूरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

त्यसै गरी जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने पार्टीले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

साथै शक्ति बाँडफाँड सम्मानजनक नभएको अवस्थामा पनि सरकारमा सहभागी हुन नसकिने पार्टीले जानकारी दिएको छ।

Tags :

प्रकाशित: २० पुष २०७९, बुधबार ०९:०९