कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर धकेलियो



 

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक हप्ता पछि धकेलिएको छ। पुस २२ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक ६ दिनपछि धकेलिएको हो।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस २२ का लागि निर्धारण गरिएको बैठक पुस २८ गते अपरान्ह १ बजे बस्ने जानकारी दिए।

बैठकका लागि कांग्रेसले ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को समीक्षा सम्बन्धमा’, ‘समसामयिक राजनीतिका सन्दर्भमा’ र विविध गरी तीन वटा एजेन्डाहरु तय गरेको छ।

केन्द्रीय कार्यसमिति बैठक सार्नु अघि बुधबार बिहान धुम्बाराहीस्थित निवासमा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग छलफल गरेका थिए।       

Tags :

प्रकाशित: २० पुष २०७९, बुधबार १३:१७