कांग्रेस सुदूरपश्चिम दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन



काठमाडौं। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्।

उमेदवारी दर्ता समय सम्म कसैकाे उमेदवारी दर्ता नगरेपछि उनी सर्बसम्मत भएका हुन्।

शाहकाे प्रस्तावक बहादुरसिह थापा र समर्थक प्रकाश देउवा रहेका थिए। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (१) बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकले दलको नेतामा आकांक्षीहरुलाई सर्वसम्मत चयन गर्न सुझाव दिएको थियो तर सहमती नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो।

उक्त समितिले दिउँसो साढे २ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको थियो तर नेताहरुबीच मनोनयन दर्ता गर्ने समय सकिदै गर्दा सर्वसम्मत नेता चयन गर्ने सहमती गरेका हुन् ।

निर्वाचन समितिका संयोजक लोकराज अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयन दर्ता गराएको बताउदै उनलाई सर्वसम्मत घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।

Tags :

प्रकाशित: २० पुष २०७९, बुधबार १५:०७