काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव छन्।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । यससँगै उनले तयारी थालेका हुन्
यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग वान् अन वान् वार्ता गरेका थिए । वार्ताका क्रममा उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
एमाले र रास्वपा सरकारमा सहभागी भइसकेका छन् । जसपा र राप्रपाले भने बाहिरै बसेर समर्थन गर्ने बताएका छन्।
प्रकाशित: २० पुष २०७९, बुधबार १७:५६