स्ववियुको निर्वाचन चैत ५ गते गर्ने निर्णय



काठमाडौं। विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ। उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ।

निर्वाचन सम्बन्धी कार्यक्रम एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए। उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ।’

२०६५ देखि नियमित हुन सकेको थिएन। १४ वर्षपछि हुन लागेकाे चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन्।

Tags :

प्रकाशित: २१ पुष २०७९, बिहीबार १४:५८