पाल्पामा बस दुर्घटना : एउटै वडाका ६ जना ज्यान गयो



काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजेरैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो।

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। घटनाको पूर्ण विवरण नआइसकेको उनले बताए।

उक्त बस खुर्साने पुग्नै लाग्दा बूढीदमार भन्ने स्थानमा दुर्घटनामा परेको वडाध्यक्ष रेम बहादुर रानाले बताए।

रानाका अनुसार मृतकहरु सबै रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुर्सानेका हुन्। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ।

दर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ।

Tags :

प्रकाशित: २२ पुष २०७९, शुक्रबार ०७:०३