काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गठबन्धन गर्दैगर्दा लक्ष्मण रेखा पालना नगरिए दीर्घकालीन क्षति हुने भन्दै सजग गराएका छन्।
ट्वीट गर्दै नेता भट्टराईले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दा दुष्परिणाम भोगेको बताउँदै नबिर्सन भनेका छन् ।
‘गठबन्धन गर्दा एउटा लक्ष्मण रेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणित निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !’, उनले लेखेका छन्।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार ०७:३९